मधेस प्रदेश : विना विभागिय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड
.jpg)
जनधाराडेली
१० माघ २०७९
जनकपुरधाम, माघ १० । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागिय मन्त्रीहरुको जिम्मेबारी बाँडफाँड गरेका छन् ।
मंगलबार बसेको मन्त्री परिषद बैठकबाट विना विभागिय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गरिएको हो ।
मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेको ११ दिनपछि मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गरेका हुन् ।
एमालेबाट सरकारमा सहभागी एमालेका संसदिय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहालाई सामाजिक विकास मन्त्रालय र जसपाका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
यता मुख्यमन्त्री यादवले एक दुई दिन भित्रै मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी समेत गरेका छन् ।
अहिलेसम्मको सहमति अनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ । मुख्यमन्त्री यादवले गत पुस २९ गते तीन बिना विभागिय मन्त्रीसहित सपथ लिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !