शिक्षा नितिमा सुधार ल्याउनु आवश्यक : सभामुख मण्डल

  जनधाराडेली
  ०८ माघ २०७९

                            

जनकपुरधाम, माघ ८ । मधेश प्रदेशको शैक्षिक स्तर खस्किरहेको प्रति मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले चिन्ता व्यक्त गरेका छन् ।

हंसपुर नगरपालिकाको विभिन्न वडामा उनको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा बोल्दै सभामुख मण्डलले शैक्षिक स्तर खस्किदै गईरहेकोमा चिन्ता व्यक्त गरे ।

उनले भने ‘यसका लागि राज्य मात्रै नभई अभिभावक समेत उत्तिकै जिम्मेवार छन् ।’ सभामुख मण्डलले शैक्षिक स्तरमा सुधार ल्याउनका लागि राज्य पनि गम्भिर हुनु पर्ने यसका लागि

शिक्षा नितिमा सुधार ल्याउनु पर्ने बताए । आजको आवश्यक्ता अनुसार शिक्षा नितिमा सुधार ल्याएर शैक्षिक स्तर केही हदसम्म उकास्न सकिने उनको भनाई थियो । सभामुख मण्डलको

स्वागत एवं सम्मानमा आयोजित कार्यक्रममा हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीप यादवलाई उनलाई सम्मान समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट