सभामुखमा रामचन्द्र मण्डल निर्वाचित भएपछि उनको गृहनगरमा खुशियाली

जनधाराडेली
०७ माघ २०७९
जनकपुरधाम, माघ ७ गते । मधेश प्रदेशको प्रदेशसभाको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित भएपछि उनको गृहनगरमा खुशियाली देखिएको छ ।सभामुखमा निर्वाचित भएपछि गृहनगर मिथिला बिहारी नगरपालिकामा पहिलो पटक पुगेका स्थानीयमा खुशियाली देखिएको थियो ।मण्डल सभामुखमा निर्वाचित भएको खुशियालीमा नगरको विभिन्न वडामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।मिथिला विहारी नगरपालिका वडा नम्बर १ भूतही पटेर्वा, मिथिला विहारी नगरपालिका वडा नम्बर ३ कजरा रमौल, मिथिला विहारी नगरपालिका वडा नम्बर ४ मिथिलेश्वर मौवाही र मिथिला नगरपालिका वडा नम्बर ५ ललियामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।गउहनगर पुगेका सभामुख मण्डललाई विभिन्न स्थानमा स्थानीयले फूल माला लगाएर स्वागत गरेका थिए ।सो क्रममा यहाँको शिक्षा स्वास्थ्यको अवस्था निक्कै कमजोर रहेको भन्दै सभामुख मण्डलसंग स्थानीयले गुनासो गरेका थिए ।सो भेगको शिक्षा स्वास्थ्य क्षेत्रमा सुधारका लागि पहल गरि दिन उनीहरुले सभामुख मण्डलसंग आग्रह गरेका थिए ।सभामुख मण्डलले अहिले प्रदेशका विकासका लागि भौतिक संरचनाहरु निर्माण भई रहेको र सोको संरक्षणका लागि स्थानीयले नै पहल गर्नुपर्नेमा जोड दिए ।यसका साथै आ–आफ्नो बालबालिकालाई शिक्षाबाट बञ्चित नगर्न आग्रह गरे । शिक्षाको क्षेत्रमा विकास भए मात्रै समाजको सर्वांगिन विकास हुने सभामुख मण्डलको भनाई थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !