एमाले मधेस प्रदेश कमिटीको सचिवालय बैठक सम्पन्न ,आगामी चैत मसान्तसम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्ने

  जनधाराडेली
  ०४ माघ २०७९

                            
 जनकपुरधाम, ४ माघ । नेकपा एमाले मधेस प्रदेश कमिटीको सचिवालय बैठक सम्पन्न भएको छ ।
 
बुधबार महोत्तरीको बर्दिबासमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
 
नेकपा एमालेले आगामी चैत मसान्तसम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्ने, माघ २० गतेसम्ममा सबै जिल्ला कमिटी बैठक सम्पन्न गर्ने तथा फाल्गुन भित्र संगठित सदस्यता नविकरण तथा अभिलेखिकरण गर्ने निर्णय गरेको बैठकमा सहभागि प्रदेश कमिटी सचिवालय सदस्य एवम् प्रदेश अधिवेशन प्रसारप्रचार संयोजक सोम प्रसाद शर्माले जानकारी दिए । बैठकले महोत्तरी जिल्लाको अधिवेशन चैत्र १५ भित्र सम्पन्न गर्ने, आसन्न स्वबियु निवार्चन सम्पन्न गर्न विद्यार्थी संगठन परिचालन गर्ने निर्णयसमेत गरिएको शर्माले बताए ।
 
नेकपा एमालेका मधेस प्रदेशका अध्यक्ष रामऔतार यादवको अध्यक्षता एवं केन्द्रीय सचिव रघुविर महासेठको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेललगायत प्रदेश कमिटीका सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
 
 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट