बहुप्रतिक्षित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

  जनधाराडेली
  १७ पौष २०७९

                            

पोखरा, पुस १७ । बहुप्रतिक्षित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले आज बिशेष समारोहबीच उदघाटन गर्नुभएसँगै पोखरा अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आएको हो ।

यो बिमानस्थलको शिलान्यास नेकपा एमालेका अध्यक्ष एवं तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते गर्नुभएको थियो । शिल्यानासको ५ बर्ष ९ महिनामा बिमानस्थलको उदघाटन गरी सञ्चालनमा ल्याइएको हो । यो बिमानस्थल पूर्वप्रधानमन्त्री ओली र तात्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीले बिशेष प्राथमिकतामा राख्नुभएको थियो ।

बिमानस्थल शिल्यानास गर्दा पर्यटन मन्त्रीको जिम्मेवारीमा आनन्दप्रसाद पोखरेल हुनुहुन्थ्यो भने तात्कालिन सांसद रवीन्द्र अधिकारीको संयोजकत्वमा शिलान्यास मुल समारोह समिति बनाइएको थियो । तात्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा पोखरा विमानस्थलका लागि चीन सरकारसँग ऋण सम्झौता भएको थियो । सो सम्झौतासँगै विमानस्थल निर्माणको ढोका खुलेको हो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट ऋण उपलब्ध भएको छ ।

विमानस्थल बनाउन २ वर्षअघि नै चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको थियो । चारदशक अघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो ।

अधिग्रहण गरिएको जग्गाले नपुगेपछि थप ६ सय २९ रोपनी जग्गा चाहिने भन्दै रोक्का गरिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारले अघि बढाएको यो बिमानस्थल आज प्रधानमन्त्री प्रचण्डले शिल्यानास गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट