जनकपुर, साउन ४
ठुलो घुस रकमसहित आज बर्दियाबाट तीनजना इन्जिनियर अख्तियारको फन्दामा परेका हुन् अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार आज दिउँसो तीनजना इन्जिनियर १५ लाख रूपैयाँ घुससहित बर्दियामा पक्राउ परेका हुन् । कर्णाली नदी नियन्त्रण आयोजनाका तीनजना इन्जिनियर कमल सिटौला, विशेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले १५ लाख रूपैयाँ घुससहित एकसाथ पक्राउ गरेको जनाएको छ कोइरालाका अनुसार तीनैजनालाई बर्दियाको गेरुवा गाउँपालिकाबाट सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।
Share this