अन्यनयाँ समाचार

हँसपुरमा भएको हत्याको आरोपमा एक पक्राउ

जनकपुरधाम, चैत्र २४

धनुषा प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ७ स्थित नौवाखोर बस्ने २० वर्षीय मनोज महरा रहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

बुधबार धनुषाको हँसपुर नगरपालिका स्थित गहुँ खेतमा विजय रामको विभत्स तरिकाले हत्या गरेको अवस्थामा प्रहरीलाई शव फेला परेको थियो ।
विजय रामको शव फेला परेको घटना बारे प्रहरीलाई जानकारी भएसंगै अनुसन्धान सुरु थालेको थियो । सो घटनामा महरा सहित तीनजनाको संलग्नता रहेको खुलेको उनले बताए ।

प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको अनुसन्धान टोलीले घटनाबारे सुक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्दा विजय राम मंगलवार राति ७ बजे ३ जना साथीहरुसँग घर बाहिर घुम्न गएका थिए ।

धनुषा प्रहरीले शंकाको आधारमा महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नेक्रममा हँसपुर वडा नम्बर ७ बस्ने १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल र महराले मिलेर विजयलाई गोली हानी हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

उनीहरुले पुरानो रिसिबीको बदला लिने उद्देश्यले विजयको हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

विजयको हत्या उनकै साथीबाट भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए । प्रहरी उपरीक्षक रजौरेले भने, ‘तिनीहरुको धेरै पहिला लागूऔषध सेवन गर्नका लागि विवाद भएको थियो । सो क्रममा तिनीहरुबीच विवाद हुँदा विजयको हत्या गर्ने योजना बनेको थियो ।’

पक्राउ परेका मनोजमाथि ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको उनले बताए । यता फरार रहेका दुबै जनाको धनुषा प्रहरीले जनाएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *