अन्यनयाँ समाचार

सांसद साह साधारण तारेखमा रिहा

अवधेश कामत
जनकपुरधाम, कातिक १ गते ।

जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि प्रतिनिधि सभा सांसद प्रमोद साह लाई साधारण तारेखमा रिहा गरिएको हो ।

शुक्रवार जिल्ला अदालत धनुषाको इजलास नं. ३ मा सो मुद्दा विरुद्ध भएको थुनछेक बहसपछि न्यायधिस तेजप्रसाद पौडेलको आदेशमा सांसद साहलाई साधारण तारेखमा रिहा गरिएको हो । गत सोमबार जनकपुर विमान स्थलमा वुद्ध एयरको विमान ढिलो भएको भन्दै काउण्टर तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाडौं स्थित त्रिभुवन विमान स्थलबाट प्रहरीले पक्राउ गरी जनकपुर ल्याएको थियो ।

बुधबार जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो ।
नागरिक उड्यन प्राधिकरणले सांसद साहमाथि गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *