नयाँ समाचारराजनीति

सांसदहरुलाई स्थानीय तहको चुनावमा केन्द्रित हुन ओलीको निर्देशन

काठमाडौँ, चैत २ ।

एमालेले सांसदहरुलाई स्थानीय तहको चुनावमा केन्द्रित हुन निर्देशन दिएको छ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको दललको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन क्षेत्र फर्किएर चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन्।

बैठकमा ओलीले अझै पनि चुनाव सार्ने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गर्दै खबरदारी जारी राख्दै चुनावमा लाग्न भनेका हुन्।

प्रमुख सचेतक विशाल भट्टराईका अुनसार अध्यक्ष ओलीले स्थानीय तहमा ६५ देखि ७० प्रतिशत जित्ने गरी लाग्न निर्देशन भएको जानकारी दिए। उनले भने, ‘स्थानीय तहको चुनावमा एमाले देशभर एक्लै लड्छ। त्यसको तयारीमा लाग्न अध्यक्ष ज्यूले भन्नुभएको छ। हामी ६५ देखि ७० प्रतिशतसम्म स्थानीय तहमा जित हासिल गर्छौँ।’

ओलीले सांसदहरुलाई मानसम्मान खोजेर नभइ कार्यकर्ता जस्तो भएर चुनावी मैदानमा लाग्न भनेका छन्। भट्टराई स्थानीय तहका लागि सम्बन्धित कमिटीले नै सर्वसहमति रुपमा उम्मेद्वार छान्ने र विवाद भएको अवस्थामा मात्रै माथिल्लो कमिटीले निर्णय गर्ने जानकारी दिए।

सम्बन्धित तहको कमिटिले सर्वसहमतिले उम्मेद्वार छान्छ। सहमति नभए मात्रै माथिल्लो तहमा जानेछ।

बैठकमा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग पारित गर्न नल्याएको दोहोर्‍याएका थिए।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *