नयाँ समाचार

सहमति कार्यान्वयन नभए आन्दोलनमा जाने पत्रकारसँग आबद्ध संघ संगठन

जनधारा समाचारदाता
जनकपुरधाम, माघ ३ गते ।
जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको हातपात तथा दुव्र्यवहार घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख प्रदीपराज कणेलको रोहबरमा दोषीहरुको पहिचान गरी कारवाही गर्ने सहितका पत्रकार महासंघ धनुषा र जनकपुरधाम उपमहानगरपालिकाबीच विभिन्न राजनीतिक दलको उपस्थितिमा ९ बुँदे सहमति गरिएको थियो । नेपाल पत्रकार महासंघ धनुषा तथा जनकपुरधाम उपमहानगरपालिका बिच भएको सहमति तत्काल कार्यान्वयनका लागि विभिन्न वर्गिय संगठनहरुले माग गरेको छ । विभिन्न वर्गिय संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै महासंघ र नगरपालिका बिच भएको सहमति कार्यान्वयनको माग गरेका हुन् ।

प्रेस संगठन नेपाल धनुषा, मधेशी पत्रकार समाज धनुषा, प्रेस मञ्च नेपाल धनुषा र प्रेस नेपाल धनुषाले सहमति कार्यान्वयनका लागि दवाब दिने उद्देश्यले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरिएको हो । पत्रकारहरुमाथि भएको सो अमानविय घटनापछि धनुषा स्थित पत्रकार सँग आबद्ध विभिन्न संघ संस्थाहरुले सहमति तत्काल कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन । । बैठकबाट जनकपुरधाम उपमहाननगरपालिकाका प्रमुख लालकिशोर साहको समाचार बहिष्कार गर्नका लागि संचार संस्था र संचारकर्मीहरुलाई अनुरोध गरिएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *