अन्यनयाँ समाचार

सवारी दुर्घटनामा सांसदको मृत्यु

जनकपुरधाम, कार्तिक १५ गते । सवारी दुर्घटनामा परी धनुषामा एकजना पूर्व सांसदको मृत्यु भएको छ । शुक्रवार दिउंसो जिल्लाको मिथिला नगरपालिका २ विश्वकर्मा चौकमा यात्रुबाहक बसको ठक्करबाट पुर्व सांसद ६० वर्षिय रामलखन महतोको मृत्यु भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन् ।

सांसद महतो साईकलमा सवार भई गइरहेको क्रममा विपरित दिशाबाट आइरहेको बा ५ ख ८८५ नम्बरको बसले ठक्कर दिदाँ उनी घाइते भएको थियो । घाइते महतोको उपचारको क्रममा जनकपुरधाम स्थित जानकी हेल्थ केयर अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक खनालले जनाएको छ ।

घटना पश्चात ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सांसद महतोले वि.सं. २०५१ सालको चुनावमा नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नं. ५ मा पूर्व राष्ट्रपति तथा काँग्रेसका उम्मेदवार डाक्टर रामबरण यादवलाई पराजित गर्दै विजय हुनुभएको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *