अन्यनयाँ समाचार

सर्लाहीमा ट्रक ठक्करबाट एकको मृत्यू

सर्लाही, चैत २१ गते

सर्लाहीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ ।

आईतबार महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको कालिञ्जोर पुल छेउमा ट्रकको ठक्करबाट लालबन्दी नगरपालिका–२ का २५ वर्षीय चन्दु पासवानको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

ना २९ प २४३७ नम्बरको मोटरसाइकललाई लालबन्दी–१७ स्थित कालिञ्जोर पुलको पूर्वी मुखमै विपरीत दिशाबाट आएको ना ५ ख ८४८५ नम्वरको ट्रकले ठक्कर दिँदा सो घटना भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पासवानलाई प्राथमिक उपचार पछि थप उपचारका लागि जनकपुरधाम ल्याउने क्रममा बाटोमा मृत्यु भएको जनाइएको छ ।

लालबन्दीमा तेल नपाएपछि रानीगंजस्थित पम्पबाट मोटरसाईकलमा पेट्रोल हालेर फर्कदै गर्दा पासवान दुर्घटनामा मृत्यू भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक सर्लाही प्रहरीको नियन्त्रणमा रहेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *