
अबधेश कामत
जनधाराडेली १० श्रावण धनुषाको धनुषाधाम नगरपालिकामा आज विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नं. १ को धनुषाधाम नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी परित्याग गरि पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाइ प्रमुख अतिथि नेकपा स्थायी समिति सदस्य तथा पुर्वमन्त्री मा. मातृकाप्रसाद यादवले पार्टी प्रवेश गराई माला र अबिर लगाई स्वागत गर्नु भयो ।

भगबानदत साहको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश कार्यक्रममा सांसद बोधमाया यादव, पुर्वमन्त्री रामचन्द्र झा, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज श्रवण बरबरिया, पुर्वमन्त्री यदुवन्स झा, रत्नेशवर लाल गोइत, सुधीर साह, प्रदेश सांसद किशोरी साह, जिल्ला अध्यक्ष राजकिशोर यादव, जिल्ला सचिव दिपक यादव, नेकपा गणेशमान चारनाथ नगरपालिका नगर कमिटी अध्यक्ष महेशलाल यादव लगायत विभिन्न तहका नेताहरुको उल्लेख उपस्थिति रहेको थियो ।