नयाँ समाचार

शंकास्पद वस्तु राखिएको हल्लापछि बन्द गरिएको जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर दुई घण्टा पछि खोलिएको छ

जनकपुरधाम, असोज ३ । शंकास्पद वस्तु राखिएको हल्ला पछि भक्तजनहरुका लागि बन्द गराइएको जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर दुई घण्टा पछि खोलिएको छ । जानकी मन्दिर परिसरमा कुनै प्रकारको शंकास्पद वस्तु नभेटिएपछि फेरी भक्तजनहरुका लागि खुल्ला गरिएको हो । मन्दिरमा शंकास्पद वस्तु राखिएको हल्ला चलेपछि मध्यान्ह साढे १२ बजे प्रहरीले जानकी मन्दिर भित्र रहेका भक्तजनहरुलाई बाहिर निकालेको थियो, भक्तजनहरुलाई मन्दिर परिसर प्रवेशमा रोक लगाइएको थियो ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले मन्दिरमा शंकास्पद वस्तु राखिएको सूचनाको आधारमै मन्दिर खाली गराइएको बताए । उनले त्यस्तो कुनै शंकास्पद वस्तु नभेटिएपछि मात्रै मन्दिर फेरी भक्तनहरुका लागि खुल्ला गरिएको बताए । उनले भने‘ मन्दिर परिसरमा प्रशिक्षित कुकुरबाट सर्च गराइएको र शंकास्पद वस्तु राखिएको कुरा हल्ला मात्रै सावित भएको छ ।’ यस अघि शंकास्पद वस्तु राखिएको हल्ला पछि मन्दिर परिसर भित्रबाट मन्दिरका पूजारी, मन्दिरमा पसल संचालन गर्नेहरु तथा भक्तजनहरुलाई बाहिर निकालिएको थियो । मन्दिर परिसरबाट सबैलाई बाहिर निकालिएपनि चौबिसै घण्टा चल्ने रामनाम संकिर्तण भने जारी नै रहेको थियो । मन्दिर परिसरमा दुई दर्जनभन्दा बढी प्रहरी परिचालन गरिएको थिया । साढे १२ बजे बन्द गरिएको मन्दिर साढे दुई बजे मात्रै खोलिएको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *