अन्यनयाँ समाचार

वृद्ध तथा एकल महिलालाई मोबाइल तथा साडी वितरण


जनकपुरधाम, मंसिर १ गते । छठ पर्वको अवसरमा जनकपुरधामका एक वडाध्यक्षले एकल तथा वृद्ध महिलाहरुलाई साडी, कम्बल र मोबाइल लगायतका सामग्री वितरण गरेका छन ।
जनकपुरधाम वडा नं. २ का अध्यक्ष शिवकुमार साहले छठको अवसर पारेर आफ्ना वडाका ७० जना वृद्धा तथा एकल महिलालाई मोबाइल, साडी, कम्बल, मास्क र सेनिटाइजर लगायतका सामाग्री वितरण गरेका हुन ।


यसका साथै अध्यक्ष साहले एक सयभन्दा बढी छठ व्रतालु महिलालाई साडी लगायतका सामाग्री वितरण गरेका छन ।
अध्यक्ष साहले यसअघि आफूले पाएको तलबबाट वृद्ध महिला तथा एकल महिलालाई काठमाडौ लगायतका ठाउँमा भ्रमण गराएका थिए । अध्यक्ष साहले वडामा राहत र सामाग्री वितण लगायतका उत्कृष्ट काम गर्र्दै आएको छन ।
संचारकर्मीसँग कुरा गर्र्दै उनले भने वृद्ध तथा एकल महिलालाई सेवा गर्दा आत्म सन्तुष्टिको साथै उनीहरुको आर्शिवाद समेत प्राप्त हुने भएकोले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको हुुँ ।
आगामी दिनमा पनि वृद्धा तथा एकल महिलालाई भ्रमणका साथै राहत लगायतका कार्यक्रमलाई निरन्तरता दिने बताए

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *