नयाँ समाचारराजनीति

वीरगञ्ज महानगरमा एमालेले मेयर र लोसपाले उपमेयर लिने सहमति

जनकपुरधाम, वैशाख ८ गते ।

आसन्न स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाका लागि एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनबीच पदीय भागबण्डामा सहमति भएको छ । बिहीवार बिहान एक पत्रकार सम्मेलन आयोजना गरी एमाले र लोसपा गठबनधनलाई सार्थकता दिन मेयर पद एमाले र उपमेयर पद लोसपाले लिने र तथा वडाध्यक्ष सदस्यको टुंगो पछि लगाउने सहमति भएको हाे।

पत्रकार सम्मेलन पश्चात एमालेका जिल्लाध्यक्ष जयप्रकाश थारु र लोसपाका जिल्लाध्यक्ष पुरुषोत्तम झाले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी सहमति बारे जानकारी गराएको छ ।

भागबण्डा अनुसार वीरगन्जको मेयरमा एमालेले वर्तमान मेयर विजयकुमार सरावगी उम्मेदवार बनाउने सम्भावना रहेको छ भने उपमेयरमा लोसपाले जिल्ला अध्यक्ष पुरुषोत्तम झालाई उम्मेदवार बनाउने तयारी गरेको लोसपाका नेता लक्ष्मण लाल कर्णले बताएका छन । लोसपाबाट यसअघिसम्म झाकी श्रीमति रम्भा मिश्रलाई उपमेयर पदमा लडाउने तयारी गरिएको थियो । मिश्र पछिल्लो स्थानीय तह निर्वाचनमा समेत प्रतिष्पर्धा गरेकी थिईन । उनले चौथो स्थान ल्याएकी थिइन ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *