अन्यनयाँ समाचार

विद्युत कटौती नगर्न जनकपुरधाम उद्योग वाणिज्य संघको माग

जनकपुरधाम, ३१ असार ।

अनियमित विद्युत कटौतीले जनजिवन प्रभावित भएको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख लखललाल मल्लिकलाई ज्ञापनपत्र बुझाउँदै अनियमित विद्युत कटौती नगर्न माग गरेको हो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा पुगेको टोलीले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख मल्लिकलाई ज्ञापनपत्र बुझाएका हुन् । विद्युत कटौतीले समस्या भएकाले प्राधिकरणको ध्यानाकर्षण गराईएको अध्यक्ष महासेठले बताए । ज्ञापनपत्रमा अघोषित रुपमा भईरहेको विद्युत कटौतीलाई रोक्न माग गरिएको छ । यस्तै अव्यवस्थीत विद्युत तार तथा पोलहरुको व्यवस्थापन गर्न, मर्मतको नाममा सेवाग्राहीबाट लिइने शुल्क खारेज गर्न पनि माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख मल्लिकले विद्युत कटौतीको कुनै तालिका नभएको प्रतिक्रिया दिए । उनले मर्मत सम्भारका बेला विद्युत कटौती गरिदै आएको समेत जानकारी दिए । उनले यसवर्ष १६ प्रतिशत लोड बढिसकेकोले यस्तो समस्या सिर्जना भएको बताए । यस्तो छ ज्ञापनपत्र हामी ज्ञापनकर्ता यस जिल्लाको उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व गर्ने संस्था भए पनि नेपाल विद्युत प्राधिकरणले वितरणको जिम्मा पाएको विद्युतको हामी सम्पूर्ण नागरिक उपभोक्ता हौं ।

हामी सामान्य नेपाली नागरिकलाई नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरिय सेवा प्राप्त गर्ने र गुणस्तरहिन सेवाबाट क्षति पुगेमा क्षतिपूर्ति पाउने अधिकार प्रदान गरेका सन्दर्भमा गुणस्तरहिन विद्युत सेवा प्रवाहबाट पिडित भई यो ध्यानाकर्षण सहितको ज्ञापन पत्र प्रस्तुत गरेका छौं ।

नेपाल विश्वमा नै जलश्रोतको दोस्रो धनी राष्ट्र रहेको, हाल नेपालले जलविद्युत निर्यात समेत गरी नाफामा रहेको भनी दैनिकै जसो सुनिए पनि जनकपुरधाम नगर क्षेत्र र यसको वरिपरी वसोवास गर्ने प्रत्येक नागरिक दैनिक पटक–पटक विद्युत काटिने, घण्टौंसम्म विद्युत नआउने, विद्युत रहँदा पनि भोल्टेज नरहने जस्ता समस्याबाट हामी साहै« पीडित छौं । पटक पटकको विद्युत काटिने समस्याको कारण प्रत्येक घरमा स्टेपलाईजर इन्भर्टर विग्रिने, विद्युतिय सामग्री जल्ने समस्याबाट हामी सबै पीडित छौं ।

विद्युतिय सामग्रीमा नेपाल आत्मनिर्भर नहुँदा विदेशबाट गरिने आपूर्तिले व्यापार घाटा उच्च छ । विद्युत सुचारू नभएको कारण औद्योगिक उत्पादनमा गम्भिर असर पारेको छ । भोल्टेजको समस्याको कारण उद्योगहरूमा जडित मेसिनहरू सधंै विग्रिने समस्याबाट हामी गम्भिर पिडित छौं । सोको सोधभर्ना कतैबाट हुन सक्ने अवस्था पनि छैन । वर्तमान समयमा अत्यधिक तापक्रम रहेको र सहज जीवन यापन पनि गर्न नसकिरहेको अवस्थामा विद्युतको नियमित आपूर्ति नहुनु, विद्युत कटौतीबाट असान्त स्थीति सिर्जना भएको सम्बन्धमा नेपाल विद्युत प्राधिकरण गम्भिर भई उचित भोल्टेजसहित नियमित विद्युत प्रशारणको व्यवस्था मिलाउन ध्यानाकर्षण गराउँदै यो ज्ञापन पत्र प्रस्तुत गरेका छौं ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *