अन्यनयाँ समाचारराजनीति

विदेह नगरकी उपमेयर निलम मण्डल र जनकपुरधामका यूवा सुशिल कर्ण एमालेमा

जनकपुरधाम, चैत्र २२

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन नजिकिँदै गर्दा माओवादी परित्याग गर्दै केही जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव एमालेमा प्रवेश गरेको एक दिन नवित्दै मंगलबार धनुषाको बिदेह नगरपालिकाकी उपमेयर निलम मण्डलले पनि एमालेमा प्रवेश गरेकी हुन् ।

त्यस्तै मधेश आन्दोलनताका यूवा आन्दोलनकारीहरु पनि मधेश केन्द्रित दल त्याग्दै एमालेमा प्रवेश गरेका छन् ।

मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का यूवा सुशील कर्ण, व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादव समेत एमालेमा प्रवेश गरेका हुन् ।

यूवा सुशिल कर्णले स्थानीय तहको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधाम वडा नम्बर १० का काँग्रेसका निर्वाचित वडा अध्यक्ष मिथिलेश कर्णसंग झिनो मतले पराजित भएका थिए ।

पार्टी प्रवेश गराउँदै एमाले नवप्रवेशी यूवाहरुलाई एमालेका केन्द्रिय सचिव रघुवीर महासेठले स्वागत गर्दै नवप्रवेशी यूवाहरुलाई विशेष महत्वका साथ हेरिएको बताए ।

उनले नेकपा विभाजित भएर तीन टुक्रामा विभाजित भएका कम्यूनिष्ट मध्ये एमाले कमजोर भएको भन्दै उनले अब जनकपुरधाममा एमाले मजबुत भएको पनि बताए ।

उनले एमालेले नवयूवाहरुलाई पार्टीले मूल्यांकन गरेर सथानीय तहको निर्वाचनमा उम्मेदवार समेत बनाउन सक्ने बताए ।

एमाले पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री समेत रहेका सचिव महासेठ, पोलिटव्यूरो समेत रहेका पूर्वमन्त्री जुलीकुमारी महतो, एमाले धनुषाका ईन्चार्ज रामचन्द्र मण्डल, नेतृ प्रतीक्षा तिवारी, धनुषा एमालेका अध्यक्ष राजकिशोर यादव, नेता शिवशंकर साहलगायतकाहरुले समेत नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *