अन्यनयाँ समाचार

वर्तमान सरकारको अपरिपक्व सोचका कारण देश डुब्ने स्थितिमा : सुरेन्द्र पाण्डे

जनकपुरधाम, साउन २ गते ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकारको अपरिपक्व सोचका कारण देश डुब्ने स्थितिमा पुगि रहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचले देशलाई नै डुबाउने आरोप लगाए ।

सोमवार जनकपुरधाममा एमालेले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री देउवा पश्चिमा परस्त निति अबलम्बन गरेर नेपालको विदेश नितिलाई नै तहसनहस पारेको बताए ।

अमेरिकाको छायामुनि बसेको छु अब कसैको डर छैन देउवाजीको सोच छ, उनले भने ‘यसरी देशको विदेश निति तहसनहस पारियो भने देशनै डुब्ने स्थितिमा पुग्ने खतरा छ ।’ उने अगाडी भने ‘यी दुईटै नेताको अपरिपक्व सोचले नेपालको सार्वभौमसत्तामाथि असर मात्र पार्दैन देश सुदृढ बनाउन बल पुग्दैन र अन्ततः नेपाल ध्वस्त हुने तर्फ अग्रसर हुनेछ ।’ उपाध्यक्ष पाण्डेले नेपाललाई कुनै राष्ट्रको विरुद्ध गोटीको रुपमा प्रयोग हुन नदिन र देउवा तथा प्रचण्डको अपरिपक्व सोचलाई सफल हुन नदिने जिम्मेवारी एमालेको कांधमा आएकोले देशमा जागरण अभियान चलाउनुका साथै संघर्ष गर्नुपर्नेमा जोड दिए ।

मधेश प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा स्थायी समिति सदस्य प्रभु साह र रघुवीर महासेठले पनि प्रशिक्षण दिएका थिए । साहले पार्टी प्रचार प्रसार र आगामी निर्वाचनका तयारी बारे प्रशिक्षण दिएका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *