अन्यनयाँ समाचार

वरिष्ठ पत्रकार दिलिप घिमिरेको निधन

जनधाराडेली

जनकपुरधाम ५ गते ।

धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको आज बिहान ६ बजे निधन भएको छ। ६३ वर्षीय पत्रकार घिमिरेको क्यान्सर रोगका कारण काठमाण्डौमा निधन भएको हो । प्रदेश २ को हतिसर्वा महोत्तरिमा २०१४ जेठ १४ गते माता शोभा देवि र पिता छबिन्द्र घिमिरेको कोखबाट जेठो सन्तानको रुपमा जन्म लिनुभएका घिमिरेले २०३३ सालबाट जनकपुरधामबाट पत्रकारिता आरम्भ गर्नुभयो। त्यो बेला उहांले जनकपुरबाट कुलदिपप्रसाद कुमुदको प्रकाशन सम्पादनमा ज्योति साप्ताहिक र काठ्माण्डौबाट प्रकशित हुने मातृभि र समिक्षा साप्ताहिकबाट पत्रकारिता आरम्भ गर्नु भएको हो। पछि उहाँले २०३८ सालबाट आफ्नै प्रकाशन सम्पादनमा “हिमज्योति साप्ताहिक” प्रकाशनमा ल्याउनुभयो। जसको प्रकाशन अहिलेसम्म निरन्तर जारी छ। वरिष्ठ पत्रकार घिमिरे बाम विचारधाराको हुन्हुन्थ्यो भने पञ्चायति ब्यवस्थाको घोर बिरोधि पनि। पञ्चायत ब्यवस्थाको बिरोधमा उहांले लेखेको समाचार समिक्षा मातृभूमि साप्ताहिकमा प्रकाशित भएपछि २०३५ सालमा पञ्चे शाषकले पक्राउ गरेर राजकाज मुद्धा चलायो उहांलाई मार्नेसम्मको योजना बनायो तर, उहाँ धन्न मृत्युको मुखबाट बाँचेर आउनुभयो। २०४६ सालमा प्रजातन्त्रको पुनर्वाहालिको लागि भएको आन्दोलनमा घिमिरे गान्धिवादि नेता महेन्द्रनारायण निधि, काँग्रेसकि नेतृ लिला कोईरालासंगै थुनामा पर्नु भयो। प्रजातन्त्रका लागि उहाँको योगदानलाई सम्मान गर्दै नेपालका अन्तरिम सरकारका प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलेसमेत घिमिरेलाई सम्मानित गर्नुभएको थियो। नेपाली पत्रकारितामा दीर्घ सेवाका गर्नु भएकोले वहाँलाई नेपाल पत्रकार महासंघले बि.स. २०७१ मा विशेष सम्मान सहित पुरस्कृत गरी सम्मान गरेको थियो । नेपाली पत्रकारिता क्षेत्रमा वहाँको निधनले अपुरणिय क्षति भएको छ ।

प्रतिभाशाली पत्रकार
उपेन्द्र भगत नागवन्शी


Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *