नयाँ समाचार

वडा अध्यक्ष ३ लाख घुस सहित पक्राउ

जनकपुरधाम जेठ २४ जनधाराडेली  पाल्पाको रैनादेवी छहरा गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष ३ लाख घुस सहित पक्राउ परेका छन्। रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिनेक्रममा रंगेहात पक्राउ परेका हुन् । काठको काम गर्ने एक ब्यवसायीसंग काठ लिलामको काममा सहजिकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा अख्तियार कार्यालय बुटवलको टोलीले पुनलाई पक्राउ गरेको हो । पुन नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भ एका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भूसालले दिनुभएको जानकारी अनुसार अख्तियारको टोलीले पुनलाई नियन्त्रणमा लिएसंगै तीन लाख रकम पनि बरामद गरेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *