अन्यनयाँ समाचार

वडाध्यक्ष शत्रुुधन साहद्वारा गरिब तथा विपन्नलाई कपडा वितरण

जनकपुरधाम, मंसिर ३ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष शत्रुुधन साहले आफ्नो वडाको गरिब तथा विपन्नहरुलाई कपडा वितरण गरेका छन् । छठ पर्वको पूर्व सन्ध्यामा वडाध्यक्ष साहले वडाको ५१ जना गरिब तथा विपन्नहरुलाई सर्ट पैन्ट वितरण गरेका हुन् । छठ पर्व गर्ने आफ्नो वडाका व्रतालुहरुलाई वडाध्यक्ष साहले केही दिन अगाडी साडी, गहुँ लगायतका पूजा सामाग्री वितरण गरेका थिए ।

वडाध्यक्ष साहका अनुसार ४ सय भन्दा बढी व्रतालु महिलाहरुलाई उनले पूजाका सामाग्री वितरण गरेका थिए । व्रतालुृ महिलाहरुलाई साडी वितरण गर्दा घरका पुरुषहरुलाई पनि कपडा वितरण गर्न आग्रह गरेपछि सर्ट पैण्ट पनि वितरण गरेको वडाध्यक्ष साहले बताए । उनले आफूले वडाका व्रतालुहरुलाई मिथिलाञ्चलको आस्थाको महापर्व छठ पर्वमा व्रतालुहरुलाई पूजाको सामाग्री वितरण गर्न पाउँदा आफूलाई एकदमै खुशी लागेको बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *