नयाँ समाचारराजनीति

लोसपा परित्याग गरी जानकीरामले गरे एमालेमा प्रवेश


जनकपुरधाम, वैशाख ६ ।


जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साह लोकतान्त्रिक समाजवादी पार्टीका परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी घोषणा गरेका साहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका हुन् । लोसपाबाट जनकपुरधामको नगरप्रमुखका लागि सिफारिश भई सकेको अवस्थामा जानकीराम एमालेमा प्रवेश गरेका हुन् ।

लोसपाबाट नगरप्रमुख पदमा उम्मेदवारी पाउने सम्भावना कम देखेपछि उनी एमालेमा प्रवेश गरेका हुन् ।
जनकपुरधाममा नगरप्रमुखका लागि एमालेबाट जानकीरामलाई नै नगरप्रमुखको पदका लागि टिकेट दिइने भएपछि मात्रै एमालेमा प्रवेश गरेको श्रोतको दावी छ । जानकीराम लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत हुन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *