नयाँ समाचारराजनीति

लोकतान्त्रिक विकास संस्थागत गरिमाको कायम राख्दै रोजगारीको सृजना गर्नु नै हाम्रो मुल एजेण्डाः कार्तिकेश झा


जनकपुर, फागुन २५
पटक पटक स्थगित आएको नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि फागुन २७ गते निर्वाचन हुँदै छ । गत वर्ष नै उम्मेदवारी परेपनि विभिन्न कारणवस ५ पटक स्थगित भई सकेको निर्वाचन फागुन २७ मा गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ ।
मधेश प्रदेशमा निकै बलियारुपमा रहेका एकीकृत प्रगतिशील इन्जिनियर समूहका उपाध्यक्ष कार्तिकेश झाले आफुहरुको जित सुनिश्चित रहेको दावी गरेका छन् ।
उनले लोकतान्त्रिक, विकास, एकीकृत आविष्कारक, अन्तर्राष्ट्रियकरण र मर्यादा तथा रोजगार सृजनाका लागि हाम्रो आवश्यकता अपरिहार्य रहेकाले जित सुनिश्चित रहेको दावी गरेका हुन् ।
उनले इन्जिनियरिंग क्षेत्रमा रहेका विभिन्न खाले विकृति विसंगतिको अन्त्यसंगै नयाँ शिराले अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको बताउँदै मधेश प्रदेशका उपाध्यक्षका उम्मेदवार कार्तिकेश झाले यूवामा पुस्तान्तरण हुने विश्वास व्यक्त गरे ।
कोषाध्यक्षका उम्मेदवार अञ्जुकुमारी यादवले मुलुकमा इन्जिनियरको आवश्यकता अत्याधिक रहेपनि राज्य र सम्बन्धित निकायले सो जनशक्तिको समुचित व्यवस्थापन गर्न नसक्दा यूवा इन्जिनियर र राज्यको समेत हालबेहाल रहेकाले नेपाल इन्जिनियर्स एशोसिएसनले सबै समस्याको सामाधान गर्न सक्षम रहेकाले हाम्रो भुमिका महत्वपूर्ण रहेको समेत उनले बताए ।
उनले विगत देखि समावेशीको नारा लगाएपनि महिलालाई बेवास्ता गरेकाले कोषाध्यक्षमा समुहको तर्फबाट मैले उम्मेदवारी दिएको भनिन् ।
मधेश प्रदेशको तर्फबाट केन्द्रिय सदस्यका उम्मेदवार रहेका संजयकुमार यादवले मधेश प्रदेशमा एकीकृत प्रगतिशील इन्जिनियर समूह गठबन्धनको बाहुल्यता रहेकाले स्वतः जित सुनिश्चित रहेको उनले दावी गरे ।
एसोसिएसनको ७ वटै प्रदेशका साथै केन्द्रिय कार्यकारिणी समितिका लागि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी निकटका नेपाल राष्ट्रिय इन्जिनियर संगठन, सोसलिस्ट इन्जिनियर एशोसिएसन नेपाल र नेपाल इन्जिनियरिंग समाज मिलेर एकीकृत प्रगतिशील इन्जिनियर समूह गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
केन्द्रिय कार्यकारिणी समितिका लागि अध्यक्ष पदमा डा.हरिराम पराजुली, उपाध्यक्षमा न्हसला तुलाधर, महासचिव डा.शंकर ढकाल, उपमहासचिवमा डा.समित थापा, कोषाध्यक्षमा श्याम नारायण चौधरी र सहकोषाध्यक्षमा स्मिता भट्टले उम्मेदवारी दिएका छन् ।
त्यस्तै मधेश प्रदेशको नेतृत्वका लागि एकीकृत प्रगतिशील इन्जिनियर समुहको तर्फबाट सभापतिमा राजेश यादव, मधेश प्रदेशको तर्फबाट केन्द्रिय सदस्यमा संजयकुमार यादव, मधेश प्रदेश उपसभापतिमा कार्तिकेश झा, सचिवमा रामनारायण यादव, सह सचिवमा राजिव साह, कोषाध्यक्षमा अञ्जुकुमारी यादव चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
त्यस्तै सदस्यहरुमा रविकुमार पटेल, दयानन्द साह, विशालकुमार झा, सोनाली ठाकुर, जितेन्द्रकुमार यादव, प्रविणकुमार यादव, कुन्दन कुमार ठाकुर,अमितकुमार यादव, प्रदिपकुमार यादव र रोशनीकुमारी झा पनि चुनावी प्रतिस्पर्धामा छन् ।
एकीकृत प्रगतिशील इन्जिनियर समूहको तर्फबाट मधेश प्रदेशबाट केन्द्रिय सदस्यका उम्मेदवार रहेका संजयकुमार यादवले मधेश प्रदेशमा हाम्रो तर्फ इन्जिनियरहरुको रुझान रहेको अत्याधिक बहुमतले जित्ने दावी गरे ।
एसोसिएसनको ७ वटै प्रदेशका साथै केन्द्रिय कार्यकारिणी समितिका लागि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी निकटका नेपाल राष्ट्रिय इन्जिनियर संगठन, सोसलिस्ट इन्जिनियर एशोसिएसन नेपाल र नेपाल इन्जिनियरिंग समाज मिलेर एकीकृत प्रगतिशील इन्जिनियर समूह गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *