अन्यनयाँ समाचार

लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट ६ जना घाइते

सिराहाको मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।

आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालय परिसरमा कुकर बम विस्फोट भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको प्रहरीले जनाएको छ । विस्फोट गराउनेको पहिचान खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरेहेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *