नयाँ समाचारराजनीति

लालकिशोरले सार्वजनिक गरे आफ्नो कार्यकालको उपलब्धी र आगामी योजना

जनकपुरधाम, बैशाख १४ । सत्तारुढ गठबन्धनको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार लालकिशोर साहले जनकपुरधामले आफ्नो प्रथम कार्यकालमा विकासको गतिले फड्को मारेको दाबी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना विभिन्न उपलब्धीहरु गनाउँदै साहले आफ्नो प्रथम कार्यकालमा जनकपुरधामको विभिन्न क्षेत्रमा आमूल परिवर्तन गरेको दाबी गरेका हुन् ।

साहले २० वर्षदेखीको जनप्रतिनिधि विहिनताको अवस्था पछि २०७४ सालमा निर्वाचित भए लगतै जनताको आकांक्षा, विकासको पथबाट अलगिएको जनकपुरधामलाई सिमित स्रोत साधन एवं कानून अभावको अवस्थाबाट गुज्रिदै पुनः विकासको बाटोमा ल्याउन चुनौतीपूर्ण काम रहेपनि आफूले सिमित स्रोत साधनको बिच विगत चार वर्षमा विकास र समृद्धिको बाटोमा फेरेको कोल्टो सबैसामु छल्र्लङ्ग रहेको जिकिर गरे ।

चार वर्ष अघिको जनकपुरधाम र अहिलेको जनकपुरधामको अवस्थाको मुल्यांकन स्वयं जनकपुरवासीहरुले नै गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

उनले भने, ‘विगतमा जानकीमाताको दर्शन गर्न आउनेहरुले जनकपुरधामलाई ‘फोहोरी जनकपुर’, ‘गन्हाउने जनकपुर’ भन्ने गरेको यहाँहरुसामु सर्वविदित नै छ । अहिले जनकपुरधामले प्राप्त गरेको स्वरुपबाट तीर्थयात्री तथा पर्यटकहरुले ‘ए जनकपुर त फेरीएछ’ भन्न थालेको यहाँहरुले पक्कै पनि महसुस गर्नु भएकै छ ।’

एडिबीको ऋण सहयोग तथा संघीय सरकार र जनकपुरधाम उपमहानगरको सहयोगमा सञ्चालन भएको एकीकृत सहरी विकास परियोजनाले प्रगति हाँसिल नगर्दा परियोजना खारेजी हुने चरणमा गईसकेको अवस्थामा आफूले खारेजी हुनबाट रोकेर काम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी छ ।

साहले विगतको चार वर्षमा आफ्नो नेतृत्वमा जनकपुरधामको समग्र विकासका लागी भएको कामकाजहरुको लामो फेरहिस्त जनकपुरधामवासी समक्ष छरपष्ट रहेको बताउँदै चार वर्षमा गरेका कामहरु, दृढ इच्छाशक्ति हुँदाहुँदै पनि गर्न नसकेका केही काम एवं अगामी दिनमा जनकपुरधामको सर्वाङ्गीण विकासका लागी आफूसँग रहेको योजनाहरु नै आफ्नो उम्मेदवारीको मुख्य कारण रहेको बताए ।

उनले आफूले लामो समयदेखी विभिन्न अवरोधहरुको कारण बाधित रहेको आइयुडिपी परियोजनालाई निर्वाचित भए लगतै सुचारु गराई जनकपुरधामको मुहार फेर्ने प्रयत्न गरेको दाबीसमेत गरे ।

जनकपुरधामको ठुलो समस्याको रुपमा रहेको फोहर व्यवस्थापनका लागी सोलिड वेस्ट मेनेजमेन्टको डिपिआर तयार गरिसकेको हुँदा आगामी कार्यकालको पहिलो प्राथमिकतामा रहने उनको जिकिर थियो । आफ्नो नेतृत्वमा भएको विकासका कारण पाँच वर्ष अघिको आर्थिक गतिविधिमा अहिले सयौ गुणा वृद्धि भएको साहको दाबी छ ।

आफ्नो कार्यकालमा जनकपुरधाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणले यहाँको धार्मिक महत्व विश्वमै स्थापित भएको र जनकपुरधाममा धार्मिक पर्यटकको संख्यामा कयौं गुणा वृद्धि भएको उनको भनाइ थियो ।

जनकपुुरधामको शिक्षा, स्वास्थ्यमा समेत उपमहानगरपालिकाले खेलेको भूमिका जनकपुरधामवासी सामु छरपस्ट रहेको साहको प्रस्टोक्ति छ । जनकपुरधाम उमहानगर भएपछि प्रशासनीक कार्यहरुलाई व्यवस्थित गराउन सुविधासम्पन्न कार्यालय भवन तथा वडा कार्यालयहरुको निर्माण समेतलाई उपलब्धिको रुपमा लिएको साहको भनाइ छ ।

साहले जनकपुरधामको विकासको लागी विगत चार वर्षमा सिमित स्रोत साधनका विच महत्वपूर्ण कार्यहरु गर्न सफल भएपनि थुप्रै महत्वपूर्ण कार्यहरु गर्न अझै बाँकी रहेको महसुस गर्दै पुनः आफ्नो दावेदारी प्रस्तुत गरेको बताए ।

मधेस विद्रोहका शहीदहरुको सम्मानमा जनकपुरधाम उमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशद्वारमा शहीद स्मारक निर्माण गरी भगवान रामको प्रतिमा राखिसकेको भन्दै उनले अगामी दिनमा जनकपुर–जटही सिक्स लेन अर्थात भारतबाट जनकपुरधाम प्रवेश हुने मुख्यद्वारमा शक्ति र संस्कारको अनुपम उदाहरणको रुपमा माता सिताले शिव धनुषलाई हाथमा लिई पुजा कोठा सफा गर्दै गरेको दृश्य सहितको प्रवेशद्वार तथा जलेश्वर–जनकपुर सडक खण्डमा लोकनायक सलहेस एवं दिनाभद्री लगायतको प्रतिमा सहितको प्रवेशद्वार निर्माण गरिने आफ्नो योजना रहेको समेत सुनाए ।

जनकपुरधाममा अन्तराष्ट्रिय स्तरको सभागृहको आवश्यकतालाई मध्यनजर गर्दै राजा जनकको दरवारको शैलीमा आकर्षक एवं आधुनिक सुविधायुक्त सभागृह निर्माण गर्ने योजना बनाएको बताउँदै उनले यसका लागि प्रारम्भिक अध्यनको काम पुरा भइसकेको हुँदा आगामी कार्यकालमा कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

मिथिला संस्कृति, कला, नाटक, साहित्य, भोजनका परिकारहरुको संरक्षण, सम्वद्र्धन गर्न प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मिथिला महोत्सवको आयोजना गरिने प्रतिवद्धता व्यक्त गर्नुका साथै मिथिला चित्रकलाको संरक्षण र सम्बद्र्धनको लागि नारी विकास केन्द्रको पुर्नउत्थान गरिने जिकिरसमेत गरे ।

साहले आफू पुनः निर्वाचित भएपछि जनकपुरधामको धरोहरको रुपमा रहेको यहाँको मठ मन्दिर, गुठी तथा सार्वजनिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनलाई प्रमुख प्राथमिकतामा राख्ने विश्वाससमेत दिलाए ।

जनकपुरधामको वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पुर्याइरहेका यहाँका रिक्सा चालक ९अटो रिक्सा, इ–रिक्सा० हरुलाई स्वास्थ्य तथा दुर्घटना विमाको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।

जनकपुरधामको प्रतिष्ठित रा।रा।ब क्याम्पसको पुरानो शैक्षिक गरिमालाई पुनस्थापित गर्न त्रिभुवन विश्वविद्यालयसँग समन्वय र सहकार्य गर्ने उनले बताए ।

त्यस्तै, जनकपुरधाम र अयोध्या बिच रहेको भगिनी सम्बन्धलाई थप मजबुत बनाउन जनकपुरधामका साधु सन्तहरुलाई अयोध्यासम्मको निःशुल्क धार्मिक भ्रमणको व्यवस्था मिलाउने साहले बताए । साहले यहाँका स्वास्थ्य चौकीहरुलाई ‘डोर टु डोर’ सेवाको रुपमा रुपान्तरण गर्ने विश्वाससमेत दिलाए ।

पोखरीको डिल तथा खुला ठाउँहरुमा वृक्षारोपण गरि वातावरण संरक्षणका साथैै खुला व्यायामशाला निर्माणको अध्ययन भइसकेको हुँदा आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *