जनधारा
जनकपुरधाम, भदौ १४ । लागुऔषध सहित दुईजना धनुषामा पक्राउ परेका छन् । धनुषाको ठाढीझिझाबाट खटेको प्रहरी गस्ति टोलीले विवेह नगरपालिका वडा नं. १ ठाढी स्थित सडक खण्डमा दुई जना व्यक्ति शंकास्पद रुपमा हिडडुल गरिरहेको अबस्थामा शंकाको आधारमा सोधपुछ गर्दा आगुऔषध सहित पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
कमला नगरपालिका वडा नं. ३ का २० वर्षीय गोबिन्द मण्डल र कृष्ण कुमार साहलाई पक्राउ गरिएको छ । दुबैजना मध्ये गोबिन्द मण्डलले दाहिने हातमा बोकी ल्याएको कालो प्लास्टिकको झोला चेक जांच गर्दा उक्त झोलामा नाइट्रोभेट–१० लेखिएको ३० पिसको दरले ३० पातामा जम्मा ९०० (नौ सय) पिस प्रतिबन्धित लागु औषध ट्याबलेट र कृष्ण कुमार साहको दाहिने खल्तिबाट स्याम्सन्ग कम्पनिको जे२ ग्रान्ड प्राइम सिल्वर रंगको मोबाईल एक थान सहित दुवैजनालाई आवश्यक कारवाहीको लागि अनुसन्धान थालेको धनुषा प्रहरीले जनाएको छ ।