नयाँ समाचार

लाइन मरम्मतका लागि पुगेका दुई कर्मचारी घाइते

जनधारा जनकपुरधाम, असोज २९ । बिधुतको तार मिलाउन गएका जनकपुरधाम बिधुत प्राधिकरणका दुई कर्मचारी करेण्ट लागेर घाइते भएका छन् । जनकपुरधाम वडा नम्बर १६ पुल्चोकमा बिधुत अवरुद्ध भएपछि सोको चेकजाँच गर्ने क्रममा दुई कर्मचारी घाइते भएका हुन् । घाइते हुनेहरुमा जनकपुरधाम बिधुत प्राधिकरणका नागेन्द्र ठाकुर र राजदेव मरबैता यादव रहेका छन । उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भई रहेको छ । लाइन मिलाउनका लागि पुल्चोक गएको समयमा लाइन काटेर मर्मत गरिरहेको बेला एक्कासी इन्भटरबाट बिधुत पोलमा करेण्ट प्रवाह भएपछि उनीहरु घाइते भएको बिधुत कार्यालयका ईन्जिनियर प्रविण मिश्राले जानकारी दिएका छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *