नयाँ समाचारराजनीति

लक्ष्मिनीया गाउँपालिकामा रोजगारीको व्यवस्था गर्ने उम्मेदवारको प्रतिवद्धता

जनकपुरधाम, बैशाख २० गते ।

धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाका एमालेको अध्यक्ष पदका उम्मेदवार अजय यादवले गाउँपालिकामै रोजगारीको व्यवस्था गर्ने बताएका छन् ।

मंगलबार लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ स्थित सोहनी सिनुरजोरा, अरेरवामा उपाध्यक्षको उम्मेदवार भोली यादवसंगै घरदैलोमा पुगेका अजयले गाउँपालिकामै रोजगारी श्रृजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले स्वरोजगारमूलक सीपको तालिम दिएर रोजगारी श्रृजना गर्ने बताए ।

उनले घरदैलोको क्रममा मतदातासंग भने ‘मलाई गाउँपालिकाको सर्वांगिन विकासका लागि एक पटक अवसर दिनुस ।

अकांक्षी उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने उनले बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *