अन्यनयाँ समाचारराजनीति

लक्ष्मिनीयाँ गाउँपालिकामा व्यवस्थित शिक्षा लागु गर्ने उम्मेदवार अजयको प्रतिवद्धता

जनकपुरधाम, वैशाख २१ गते ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गई रहँदा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाको एमालेबाट अध्यक्ष पदको उम्मेदवार अजय यादवले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

घरदैलोको क्रममा यादव बृद्ध बृद्धाको आशिर्वाद थाप्नुका साथै आफूभन्दा कान्छोको शुभेच्छा ग्रहण गरिरहेका हुन् ।

लक्ष्मिनिया गाउँपालिका वडा नम्बर २ सोहनी सिनुरजोडा र वडा नम्बर ३ बनिगामामा घरदैलाका लागि पुगेका यादवले पालिका भित्र रहेको विद्यालयहरुको अवस्थामा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले विद्यालयको सुधारसंगै विद्यालय बाहिर रहेका अति विपन्न तथा गरिब परिवारको बालबालिकालाई विद्यालयसम्म पुर्याउने वातावरणको निर्माण गर्ने बताए ।

उनले घरदैलोको क्रममा मतदातासंग भने ‘मलाई गाउँपालिकाको विकास कसरी गर्न सकिन्छ म संग खाका छ, मलाई एक पटक अवसर दिएर हेर्नुस ।’

उम्मेदवारी दिएका यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने लगायतका प्रतिबद्धता जनाए ।

यसका साथै वृद्ध वृद्धाहरुलाई समयमै सामाजिक सुरक्षा भत्ता सुलभ ढंगले पाउन सक्ने वातावरणको निर्माण गर्ने बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *