जनकपुरधाम, मंसिर १३ गते । राप्रपा संयुक्त र राप्रपाको धनुषा जिल्लामा समायोजन सम्पन्न भएको छ । पार्टी नेतृत्व पंक्तिले असोज २१ गते भित्रै पार्टी समायोजन गर्नका लागि निर्देशन दिएको थियो । सो निर्देशन अनुसार धनुषा जिल्लामा असोज २१ गते भित्रै जिल्लाको अध्यक्षको समायोजन गरिएको थियो । बाँकी पदाधिकारीहरुको समायोजन शनिबार बसेको धनुषा जिल्ला कार्यसमिति बैठकबाट गरिएको हो ।
पार्टी समायोजन अन्तर्गत यस अघि नै रामचन्द्र यादवलाई जिल्लाको नेतृत्व गर्ने जिम्मा दिइएको थियो । पार्टी समायोजन अन्तर्गत जिल्लाका दूबै कार्य समितिलाई यथावत नै राखिएको छ । समायोजन पछि जिल्लामा उपाध्यक्षमा राम नारायण ठाकुर र जगदीश ठाकुरलाई चयन गरिएको छ भने सचिवमा कमलेशकुमार मण्डल र मुकेश यादवलाई चयन गरिएको हो । कोषाध्यक्षमा आनन्दकुमार साह रहेका छन् ।
सदस्यहरुमा मो. दाउद, सुवोध ठाकुर, अभयकान्त ठाकुर, जैसीलाल चौहवार, महेन्द्र कापर, रुपा ठाकुर योगेन्द्र झा लगायतका थिए । पशुपति शमसेर राणा र प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्त र कमल थापा नेतृत्वको राप्रपा पार्टीको एकता प्रकृया अन्तर्गत दूबै पार्टीको समायोजन गरिएको हो ।
पार्टीको समायोजनाका लागि शनिबार बसेको बैठकमा केन्द्रिय सदस्य मनोज मल्ल, श्रवण कुमार झा, नथुनी लाल दास, प्रमोद गोइन्का, राजकुमारी साह, प्रदेश सदस्य विक्रम पजियार, नेताहरु राजेश महतो, युसुफ साफी लगायतको उपस्थिति रहेको थियो ।