नयाँ समाचारराजनीति

यूवालाई रोजगारीको व्यवस्था गर्नेः अजय यादव

जनकपुरधाम, बैशाख २६ गते ।

लक्ष्मिनीयाँ गाउँपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता अजय यादवले समुन्नत, हराभरा र नमूना गाउँ निर्माणका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।

सोमबार लक्ष्मिनीयाँ गाउँपालिकामा स्थानीयवासीसँग गरेको अन्तरक्रिया कार्यक्रममा नेता यादवले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारलाई मुख्य आधार बनाएर आफुले गाउँ र स्थानीयवासीको विकास तथा निर्माणका लागि आफुलाई स्थानीयहरुकै सल्लाह सुझाव र साथ सहयोग अनुसार उम्मेदवारी दिएको समेत उनले स्पष्ट पारे ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार यादवले समग्र विकास नै आफ्नो मुख्य लक्ष्य भएको बताए ।

उनले गाउँपालिकाभित्रका शिक्षाका लागि विद्यालयको सुधार गर्ने, बालमैत्री, अपांग मैत्री, अभिभावक मैत्रीपूर्ण शिक्षालय र कृषिलाई मुख्य प्राथमिकतासहित कार्य गर्ने बताए ।

उनले गाउँमै कृषिका लागि कार्य गर्नका लागि पनि आफ्नै गाउँ ठाउँमा रोजगारीको व्यवस्था समेत हुने भएकाले यूवालाई गाउँमै रोजगारीको सृजना गरिने बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *