नयाँ समाचारराजनीति

यूवाको विकासका लागि खेलकुद अपरिहार्य रहेको बलराम महतो भनाई

जनकपुरधाम, बैशाख २३ गते ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले यूवाको अनुशासित विकासका लागि खेलकुद अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार स्थानीवासीसँग भलाकुसारी गर्दै उनले यूवालाई कुलतबाट बचाउनका लागि शिक्षा र खेलकुद क्षेत्र तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

मेयर पदका महतोले जनकपुरधाम वडा नम्बर ३ स्थित देवान पोखरी, वडा नम्बर ५ जानकी मन्दिर पछाडी, वडा नम्बर ७ वशिष्ठ चोक, वडा नम्बर १० देवी चोक, वडा नम्बर १३ रतन चोक, वडा नम्बर २१ कुर्था र वडा नम्बर २२ बसविट्टीमा घरदैलो अभियान गरेका छन् ।

घरदैलोको क्रममा आफूले उम्मेदवारी किन दिएको र आफ्नो एजेण्डा मतदाताहरुलाई सुनाउनुका साथै मतदाताहरुको समस्या समेत सुनेका थिए । घरदैलोको क्रममा मतदाताहरु समक्ष उनले विभिन्न प्रतिवद्धताहरु व्यक्त गरेका थिए ।

घरदैलोकै क्रममा उनले युवाहरुलाई खेलकुदप्रति अभिप्रेरित गर्ने योजनामा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

युवाहरु कुलतमा फसिरहेको समयमा खेलकुदप्रतिको वातावरण राम्रो बनाउन र खेलकुद क्षेत्रको विकासका लागि आफूले काम गर्ने बताए ।

उनले जनकपुरधाममै रहेको रामजानकी रंगशाला लथालिंग अवस्थामा रहेको समयमा उनले सो रंगशाला निर्माणका लागि ठोस पहलकदमी लिने समेत प्रतिवद्धता व्यक्त गरे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *