
जनकपुरधाम, पुस २५ ।
नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयको ३६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका निर्देशक डा.सोनु कुमार साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावाकको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा ३८ जना रक्तादाताले रक्तदान गरेको विद्यालयका निर्देशक डा.सोनु कुमार साहले जानकारी दिए ।

रक्तदान गर्नेहरुमा राजकुमार महासेठ, रोसन प्रधान , मनिस गुप्ता, निरज कुमार साह, आशिष साह, लव कुमार यादव, प्रसिध दाहाल, अन्कृत श्रेष्ठ, काजल यादव, मनिषा यादव, नरेश यादव, रमेश कुमार साह, दिनेश कुमार कर्ण, सरिस्मा आले, चन्द्रलता झा, सिमा यादव, मिना शर्मा, मनिषा पासवान, रामपुनित यादव, पवन यादव, बिबेक महतो, गौरव जयसवाल, दिपेन्द्र झा, रुपेस यादव, विशाल साह, यज्ञ यादव, प्रशान्त महतो, सुरेस साह, सुमन राउत, श्रवण मण्डल, निशान्त चौधरी, बब्लु ठाकुर, सरोज कुशवाहा, नागेन्द्र दास, डा.विनिता सिवालि, सुनिल मण्डल, राहुल पंजियार र साबिर खान रहेका छन् । रक्तदाताहरुलाई विद्यालयका निर्देशक डा.सोनु कुमार साहले प्रमाण पत्र प्रदान गरेका थिए ।