
जनकपुरधाम, फागुन १८ ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गौरीशंकरबाट बयलबासतर्फ जाँदै गरेको ज ११ प ८९४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई ईश्वरपुर नगरपालिका वडा नं. १३ स्थित अमुवा खोलाको पुलबाट ५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पुलको दाहिने साइडमा ठक्कर दिएर पुलबाट ५ मिटर तल खस्दा मोटरसाइकल चालक महोत्तरीको औरही नगरपालिका वडा नं. १ का ३२ बर्षीय चन्दनकुमार साह र पछाडि सवार सर्लाहीको कविलासी नगरपालिका वडा नं. २ पिपरियाका २५ बर्षीय रामविश्वास मण्डलको मृत्यु भएको भएको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
दुबैको घटनास्थलमै मृत्यु भएको र शवलाई अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
Share this