अन्यनयाँ समाचार

मृतक परिवारलाई महासेठको सहयोग

जनकपुरधाम, संघीय सांसद एवं नेकपा स्थाय कमिटी सदस्य रघुवीर महासेठले रमदैयामा १४ जना मृतक परिवारलाई क्रिया खर्चका लागि राहत स्वरुप २०÷२० हजार रुपैया सहयोग गरेका छन । सांसद महासेठको निर्वाचन क्षेत्र समेत रहेका हुनाले उनी घटनास्थल गाउँमै पुगेर पीडीत परिवारहरुलाई सान्तवाँ दिदै सो राहत स्वरुप सो रकम सहयो गरेका हुन । संचारकर्मीसँग कुरा गर्दै उनले भने अवैध मदिरा विक्री वितरण रोक्न आफ्नो तर्फबाट हरसम्भ प्रयास गर्नेछु ।

यसैबीच अवैध घरेलु मदिरा सेवनले आइतवार धनुषामा थप दुई जनाको मृत्यु भएको छ । धनुषाको लक्ष्मिनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिका १÷१ को मृत्यु भएको छ भने करीब दुई दर्जन सिकिस्तलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा प्रहरीले पठाएको छ । स्थानीयका अनुसार लक्ष्मिनियाँ ३ का विश्वनाथ यादव र जनकपुरधाम उपमहानगरपालिका ७ का जितेन्द्र सादाको मृत्यु भएको छ । तिनीहरु अवैध मदिरा सेवनले एक हप्तादेखि बिरामी रहदै आएको थियो, समयमा उपचार हुन नसकेको कारण मृत्यु हुन गएको हो । एक साता भित्र अवैध घरेलु मदिरा सेवनले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयामा १४, लक्ष्मिनियाँ गाउँपालिका ३ मा १ र जनकपुरधाम उपमहानगरपालिकामा ४ जना गरी १९ जनाको मृत्यु भइसकेको छ भने आधा दर्जनभन्दा बढी रमदैयाका सिकिस्तहरुको उपचार जानकी मेडिकल कलेज अन्तर्गतको सिटी अस्पतालमा उपचार भइरहेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *