अन्यनयाँ समाचारराजनीति

मुलुककै नमूना वडा बनाइने निरजको प्रतिवद्धता

जनकपुरधाम, बैशाख २६ गते ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदका लागि उम्मेदवारी दिएका निरज कुमार साह (मुन्ना)ले मुलुककै नमुना वडा बनाउने उद्घोष गरेका छन् ।

सोमबार जनकपुरधाम वडा नम्बर ७ मा घरदैलो अभियान कार्यक्रममा स्थानीयवासीसँग गरेको कुराकानीपछि वडाअध्यक्षका उम्मेदवार मुन्नाले आफू निर्वाचित भए वडाको सर्वांगिन विकास गरेर मुलुककै नमूना वडाको रुपमा रहने दावी समेत गरे ।

मुन्नाले वडा नम्बर ७ मा पूर्वाधारसहितको विकास, सरसफाई, सार्वजनिक शौचालय र विकास निर्माणलाई झनै सहजता बनाई स्थानीयवासीको आवश्यता अनुसार विभिन्न क्षेत्रमा सुधारसँगै सरसल्लाह सुझाव लिई आफु अघि बढ्ने स्थानीयसँग कुराकानी गर्दै बताए ।

उनले आफू निर्वाचित हुँदा मिसन र भिजनका साथ वडाको विकास गर्नुका साथै भ्रष्टाचारमुक्त गर्ने, सरकारी विद्यालयलाई उच्च शिक्षास्तरको बनाउने प्रतिबद्धता जनाए ।

उनले वडाभित्रको मठमन्दिर, पोखरी, मस्जीद सौन्दर्यीकरण गर्ने, प्राथमिक स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर बनाउन पहल गर्ने, सार्वजनिक जग्गालाई भूमाफियाबाट संरक्षण गर्ने, वडाबासीको एक एक समस्यालाई समाधान गर्ने, लामखुट्टे रहित सफासुग्घरसहितको वडा बनाउनेलगायतका कार्ययोजना रहेको समेत स्थानीयलाई सुनाएका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *