नयाँ समाचारराजनीति

मिस फायर हामी गर्दैनौँः ईश्वर पोखरेल

जनकपुरधाम– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको नाटक भोली देखि सुरु हुने भन्दै टेबुलको नाममा कस्तो कस्तो नाटक हुन्छ हेर्न बाकी रहेको बताएका छन् । मंगलबार जनकपुरधाममा स्थानीय तहको निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिन आएका वरिष्ठ उपाध्यक्ष पोखरेलले गठबन्धन दलले आ–आफ्नो स्वार्थपूर्ति गर्नकालागि नाटक सुरु गरेको बताएका हुन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई बचाउनका लागि प्रधानन्यायाधीश चालेन्द्र शम्सेर राणामाथि महाअभियोग लगाइएको दावी गरे । प्रेस चौतारी धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले महाअभियोग ल्याउनुको तीन÷चार वटा पक्ष रहेको बताउँदै उनले सभामुख सापकोटालाई बचाउनका लागि गठबन्धनले कस्ता कस्ता नाटक रच्दैछ, त्यो हेर्न बाकी रहेको जिकिर गरे । उनले एमालेले सही समयमा सहीढंगले गठबन्धनलाई काउन्टर दिने भन्दै मिसफायरको पक्षमा भने एमाले नरहेको बताए । उनले भने, ‘यो बेला कुबेला महाअभियोग ल्याउनुको तीन÷चार वटा पक्ष रहेको छ । सभामुख अग्निप्रसाद सापकोटामाथि ज्यान मार्ने उद्योगको मुद्दा चल्दैछ, त्यो टाउकोमा झुण्डिएको तरवार जस्तै हो, त्यसबाट नेपाली कांग्रेसलाई डाइभर्ट गर्ने, गठबन्धन कायम गर्न, एमसीसी पास गर्न महाअभियोग लगाइयो’, उनले अघि थप्दै भने, ‘एमालेले माधव कुमार नेपालसहित १४ सांसदलाई संसदीय दलको बैठकबाट कारवाही गरेर चिठ्ठी पठाइएको थियो, त्यसको आधारमा निष्काशन गर्नुपर्ने थियो, त्यसैको पेसी तोकिएको थियो, त्यसलाई छल्नका लागि, गठबन्धन बचाउन र स्थानीय तहको निर्वाचन धकेल्नका लागि महाअभियोगको नाटक गरिएको हो ।’ यस महाअभियोगले राष्ट्रिय राजनीति थप अस्थिर हुने अनिश्चित बनेको उनको भनाइ छ । षडयन्त्रपूर्वक महाअभियोग ल्याएपनि आफुहरु निर्वाचन कुनै पनि बहानामा सार्न नदिने उनको जिकिर छ । यसका लागि उनले आफुहरु तयार रहेको बताउँदै उनले सही समयमा सहि कदम चाल्ने र मिस फायर हुन नदिने उनले स्पष्ट पारे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *