अन्यनयाँ समाचार

मिनपाद्वारा प्रम ओलीलाई नागरिक अभिनन्दन

अबधेश कामत

जनधारा

जनकपुरधाम, माघ १९ गते । धनुषाको मिथिला नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक अभिन्दन गरेका छन । सोमवार ढल्केवर स्थित सवस्टेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका प्रधानमन्त्री ओलीलाई नगरपालिका प्रमुख हरिनारायण महतो र उपप्रमुख तारा बस्नेतले मिथिला पेन्टिङ्ग सहितको मायाको छिनो दिई संयुक्त रुपमा नागरिक अभिनन्दन गरेका थिए । कार्यक्रममा उपस्थित उर्जा तथा जलश्रोत मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महासेठ र मुख्यमन्त्री लालबाबु राउतलाई समेत चाँदीको जानकी मन्दिर प्रतिमा सहित नगरपालिकाद्वारा दोसल्ला ओढाई सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महतोले भने राष्ट्रिय गौरवको आयोजना ढल्केवर स्थित सवस्टेशन उद्घाटनले यस क्षेत्रको जनतालाई मात्र पुरै मुलुकलाई फाइदा पुग्ने बताए । उनले नेकपा पार्टी नेतृत्वको सरकारमा पाला देशैभरि नै विकासले फड्को मारेको छ चर्चा गर्दै, अब आउने दिनमा ढल्केवरमा समेत सम्भावित विकासका आयोजनाको प्राथमिकताको आधारमा प्रधानमन्त्रीद्वारा कामहरु गरिने विश्वास व्यक्त गरे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *