अन्यनयाँ समाचार

मिथिला मध्यमा परिक्रमा जनकपुरधाम आइ पुग्यो

जनकपुरधाम, फागुन २५ । मिथिलाञ्चलनको लामो दूरीको धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा जनकपुरधाम आइ पुगेको छ । धनुषाको कचुरीबाट मिथिला बिहारीको डोला र किशोरीजीको डोला सहित हनुमाननगरमा पुगेर विधिवत् शुरु भएको परिक्रमा नेपाल भारतको विभिन्न भागको परिक्रमा गर्दै आज जनकपुरधाम आई पुगेको हो । बिसौलमा विश्राम गरेको परिक्रमामा सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाम पुगेको हो ।

जनकपुरधाम आई पुगेका परिक्रमामा श्रद्धालु सहभागीहअरुले भोली अन्तगृह पििरक्रमा गर्ने छन् । अन्तगृह परिक्रमा संगै मिथिलाञ्चलको सबैभन्दा ठूुलोे धार्मिक पद यात्रा सम्पन्न हुननेछ । मध्यमा परिक्रमाले भारतको चार र नेपालको ९ गरी १३ स्थानमा विश्राम लिएको थियो । १३ दिनसम्ममा मध्यमा परिक्रमाका सहभागीले कुल १३३ किलोमिटर दूरी तय गरेका छन् । विश्वकै सबैभन्दा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ । मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । परिक्रमामा मिथिला मध्यमा परिक्रमाको अति विशिष्ट महत्व रहेको छ । परिक्रमामा सीतारामको प्रतिमालाई बाजाका साथै घुमाउने परम्परा रहेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *