अन्यनयाँ समाचार

मिथिला नगरपालिकाको नेता होईन, नोकर बन्न आएको हुँ : महेन्द्र महतो

धनुषाको मिथिला नगरपालिका वडा नंं। ८ कुसुमविसौना र जमुनिवासमा नेपाली कांग्रेसको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । मेयर उम्मेदबार सहितका कांग्रेसका नेता कार्यकर्ता मत माग्न घरघरमा पुग्दा स्थानियहरुमा निकै रौनकता देखिएको छ ।

मिथिला नगरपालिकामा कांग्रेसबाट मयेरका उम्मेदबार महेन्द्र महतोले कुसुमविसौना र जमुनिवासका जनता संग भेटघाट तथा छलफल गरेका हुन् । मिथिला नगरपालिकाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र व्यवस्थित शहरीकरण सहित समृद्धीका लागि कांग्रेसको बिजयी बनाउन महतोले आग्रह गरेका छन् ।

घरघरमा पुगेर महतोले मिथिला नगरपालिकाको नेता होईन, नोकर बन्न आएको हुँ, तपाईंहरु मत दिनु विकास र समृद्धि हामी ल्यांउछौं, निरन्तर जनताको बिचमा रहेर काम गर्छौं, – महतोको प्रतिबद्धता छ । नगरपालिकाको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार देखि हरेक क्षेत्रको बिकास गर्ने प्रतिबद्धता जनाए ।

मेयर उम्मेदबार महतो संगै उपमेयरकी उम्मेदवार निर्मला कोईराला, मिथिला नगरपालिका वडा नं।८ का वडा अध्यक्ष उम्मेदबार रामसागर सिंह, वडा सदस्यहरु छेदी ठाकुर, ब्रहमदेव महतो, कान्ता ध्रोंगचिंग र मानकी देवी चमारले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रुख छापमा मतदान गरेर जिताउन पनि स्थानियवासी सँग आग्रह गरेका छन् ।

घरदैलोमा कांग्रेसका बासलाल महतो, राजकुमार महतो, राजलाल महतो ९राजु० लगायतका लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *