अन्यनयाँ समाचार

मालपोतका निमित्त प्रमुख सुनिल झा लाखौँ रुपैयाँसहित पक्राउ

भुमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख घुससहित रंगेहात पक्राउ परेका छन् ।

सोमबार जनकपुरधामको भानु चोकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई घुससहित पक्राउ गरेको हो ।

निमित्त प्रमुख झालाई अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको हो ।

झाले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि एक सेवाग्राहीसँग ५ लाख रूपैयाँ घुस लिएका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *