अन्यनयाँ समाचार

महोत्तरीको रातो नदीको पुल जोखिममा, स्थानीय आन्दोलित

महोत्तरी, चैत २५ गते ।
महोत्तरीमा एक पुल जोखिममा परेको भन्दै स्थानीयवासीहरुले सडक नै अवरुछ गरेका छन् ।
महोत्तरीको बलवा नगरपालिकास्थित रातो नदीको पुल जोखिमपूर्ण रहेकाले स्थानीयवासीहरुले बाटो अवरुद्ध पारी तत्काल मर्मत सम्भारको माग गरेका छन् ।

जनकपुर–भ्रमरपुरा–बलवा हुलाकी सडकखण्ड अन्तर्गत पर्ने महोत्तरीको बलवा नगरपालिकाको बनचौरीस्थित रातो नदीको पुलमुनि खाडल छ । सो पुलमुनिको माटो नै नरहेपछि निकै जोखिम पूर्णरुपमा सवारी साधन संचालन हुँदै आएको छ ।

स्थानीय वृषेश महतोले लामो समयदेखि आवाज उठाउँदा पनि सरोकारवालाले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *