जनधाराडेली जनकपुर १३ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय मतियार महेन्द्र प्रसाद यादव र सहयोगी विश्वनाथ प्रसाद लोध घुस रकम सहित पक्राउ परेका छन। रूपन्देही जिल्ला गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग चार लाख घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज मतियार महेन्द्र प्रसाद यादव र कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोधलाई रु. चार लाख घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सेञ्न्चुरी कमर्सियल बैंक लिमिटेड, शाखा कार्यालय भैरहवाको परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन ।
नयाँ समाचार
महेन्द्र यादव घुस रकम सहित पक्राउ
Share this