अन्यनयाँ समाचार

महिलाहरुको सहभागिता हरेक निकायमा जनसंख्याको अनुपातमा हुनुपर्ने ः पूर्वमन्त्री महतो

जनकपुरधाम, फागुन २४ ।

नेकपा एमालेको पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री जुलीकुमारी महतोले नेपालको हरेक निकायमा महिलाहरुको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिएकी छिन् ।

११२औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेकपा एमाले निकट अखिल नेपाल महिलासंघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वमन्त्री महतोले महिलाहरुको ५० प्रतिशत सहभागिता हुनु पर्नेमा जोड दिएकी हुन् ।

नेपालको कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी जनसंख्या महिलाको जनसंख्या रहेकाले महिलाहरुको सहभागिता हरेक निकाय जनसंख्याको अनुपातको आधारमा हुनुपर्ने उनको भनाई थियो ।

यता नेकपा एमालेका नेता रामचन्द्र मण्डलले महिला श्रमिकहरुले सम्मान पाउन नसकेकोमा दुःख व्यक्त गरे । उनले असमान पारिश्रमिकले महिलाहरुसंग विभेद भईरहेको उनको भनाई थियो ।

उनले घरेलु काम गर्ने महिलाहरुका लागि प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गरे । एमाले नेतृ गिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिक्षा तिवारी, एमाले धनुषा अध्यक्ष राजकिशोर यादव लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *