नयाँ समाचारराजनीति

मन्त्री भट्टराईले शपथ लगत्तै सम्हाले कार्यभार

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले शपथ लगत्तै कार्यभार सम्हाल्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी समिति सदस्य तथा सांसद भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त मन्त्री भट्टराईले बुधबारबाटै कार्यभार सम्हालेका छन् ।

उहाँले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यकक्षमै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भट्टराईले आफू काम लगाउनभन्दा पनि सिक्न आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘म काम लगाउन आएको होइन, सिक्न आएको हो। उहाँले सबैले मिलेर काम गरेमा अघि बढ्ने सकिने बताउनुभयो । त्यस्तै उहाँले तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्मरण गर्दै उहाँका अपुरा काम आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो। सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिलिम्सना लगायतको उपस्थिति थियो । भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रीमा नियुक्त गरेका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *