अन्यनयाँ समाचारराजनीति

मन्त्रिपरिषद्‍का निर्णय, भारतीयको नेपाली नागरिकता रद्द

काठमाडौं ९ साउन । सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरेका हुन्।

सरकारले तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ । गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाएको हो । जस अन्र्तगत अव सरकारले खानेपानी मन्त्रालयअन्र्तगत २१३ जना बन मन्त्रालय अन्तर्गत ५० र श्रम मन्त्रालयअन्र्तगत ७२६ जना अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

मन्त्रिपरिषद्‍को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाल नियुक्त गरेको छ । त्यस्तै विश्‍व बैंकले दिएको १ सय २० मिलियन अमेरिकी डलर करिब १३ अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ ।
थप निर्णयहरुः

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *