नयाँ समाचारराजनीति

मधेश सरकारले खरिद गरेको बस विभिन्न संघ संस्थालाई दिइने

जनकपुरधाम, फागुन २४ ।

मधेश प्रदेश सरकारले सर्वसाधारणलाई चढनका लागि खरिद गरेको पाँच वटा बस विभिन्न संघ संस्थालाई दिने भएको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशवासीका लागि खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई चलाउनका लागि दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

बस खरिद गरेको डेढ वर्षभन्दा बढी समय बितिसकेपछि प्रदेश सरकार बस नचलाउने निर्णयमा पुगेको हो ।

मन्त्रीपरिषद्को बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई १÷१ वटा बस दिने निर्णय गरेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *