नयाँ समाचार

मधेश प्रदेशमा मतदान सम्पन्न, ७० प्रतिशत मतदान भएको अनुमान

जनकपुरधाम, वैशाख ३० । मधेश प्रदेशमा छिटफुट घटना सहित स्थानीय तहको नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान सम्पन्न भएको छ । मधेश प्रदेशका जिल्लाहरुमा छिटफुट घटना सहित ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ ।

मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएपछि हावाहुरीसंगै वर्षा भएप्छि केही मतदान स्थलमा ढिलो गरी मतदान सम्पन्न भएको थियो । मधेश प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ ।

त्यस्तै महोत्तरी, बारा र पर्सामा ७०÷७० प्रतिशत, धनुषामा ६६ र रौतहतमा ६५ प्रतिशत मतदान भएको छ । मधेश प्रदेशको कयौँ मतदान स्थलमा विवाद हुँदा मतदान नै स्थगित समेत गर्नु परेको छ ।

बारामा ४ वटा मतदान स्थलमा विवादका कारण मतदान स्थगित गर्नु परेको मतदान अधिकृत सरोज कुमार चौधरीले जानकारी दिए ।

त्यस्तै रौतहटको ३ वटा मतदान स्थलमा मतदान स्थगित गरिएको मतदान अधिकृत छोटेलाल दासले जानकारी दिए । उनका अनुसार रौतहटको बौधीमाई नगरपालिका वडा २ स्थित इनरवारी प्रा.वि. मतदान केन्द्र, बौधीमाई कंकालिनी मतदान केन्द्र र गरुडाको शंकर प्रा.विं मतदान केन्द्रको मतदान स्थगित गर्नु परेको छ ।

त्यस्तै सप्तरीको एक मतदान स्थलको मतदान स्थगित गरिएको मतदान अधिकृत रमेशकुमार जोशीले बताए । उनले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा २को एक मतदान स्थलमा मतदान स्थगित गरिएको बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *