अन्यनयाँ समाचार

मधेश प्रदशको राजधानीमा ब्राण्डेड मदिरा बन्दै, दुईजना पक्राउ

जनकपुरधाम, बैशाख १३ गते ।

मधेश प्रदेशको राजधानी जनकपुरधामबाट नक्कली मदिरालाई सक्कली बनाएर विक्रिवितरण गरिरहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ४३ वर्षीय गणेश साह र वडा नम्बर ११ बस्ने चन्दन कुमार साह रहेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक क्षेत्रीको अगुवाईमा खटेको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित गणेश साहको घरमा रहेको मदिरा उत्पादन गर्ने कारखानामा छापा हानी विभिन्न ब्राण्डका नक्कली रक्सीहरु, आन्तरिक राजश्व बिभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हा, ग्यास सिलिण्डर, स्प्रिटको बोतलहरु, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी, आन्तरिक राजश्व कार्यालयले प्रयोग गरेकोे स्टिकरको पछाडिको कागज समेत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

नक्कली मदिरा ओसारपसार गर्न ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमा मदिरा लोड गरिएको अवस्थामा पिकअपसहित दुईजनालाई पक्राउ गरिएको उनले बताए ।

प्रहरीले पिकअप सहित सिग्नेचर लेखिएको नक्कली मदिरा ९ कार्टुन, खुल्ला रक्सी १ कार्टुन, स्प्रिट ६ कार्टुन, ब्लु डाईमण्ड १ कार्टुन, डार्क फोरेस्ट रक्सी १ कार्टुन, भट्टी चुलो १ थान, ग्यास सिलिण्डर १ थान र भारतिय रकम १३ हजार ३० गरी कुल ३१ लख ७९ हजार ६५८ रुपैयाँ मूल्य बराबरको सामग्रीसहित बरामद गरि आन्तरिक राजश्व कार्यालय जनकपुरधाममा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *